सगरमाथाको उचाइ नाप्ने सरकारी टोली शिखरमा

 

जेठ ८, काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने टोली चुचुरोमा पुगेका छन् । 

सगरमाथाको उचाइ नाप्ने टोलीका प्रमुख नापी अधिकृत खिमलाल गौतमसहित नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल बुधबार बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । 

null

नापी विभागका महानिर्देशक प्रकाश जोशीले अत्याधुनिक उपकरणसहित सरकारी टोली शिखरमा पुगेको जानकारी दिए । उनका अनुसार टोलीले हिउँ सतह र चट्टानी सतह दुवैका उचाइ मापन गर्दैछ । 

उपकरण फिट गर्दैमा तत्कालै उचाइ पत्ता नलाग्ने महानिर्देशक जोशीले बताए । सबै प्रक्रिया टुंग्याएर डाटा प्रोसेसिङ गरि उचाइ निकाल्न अझै कम्तीमा ६ महिना लाग्ने उनले जानकारी दिए । 

नेपालले पहिलो पटक आफैं सगरमाथाको उचाइ नाप्ने लागेको हो । भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हो कि भन्ने अनुमानका कारण उचाइ नाप्न लागिएको हो । 

यसअघि भारत, अमेरिका र चीनले नाप्दा फरक–फरक तथ्यांक आएको थियो । 

सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए । 

यद्यपी नेपालले अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *