आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति

कञ्चनपुर, १३ साउन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको न्यू सम्राट रेस्टुरेन्टमा बिहीबार आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।

विद्युत् सर्ट भई आगलागी हुँदा रेस्टुरेन्टको सेमिनार हलमा रहेका कुर्सी, टेबुल, इन्भर्टर, टेलिभिजन लगायतका सामग्री जलेर नष्ट भएको रेस्टुरेन्टका सञ्चालक सञ्जु गुरुङले बताउनुभयो । स्थानीय व्यवसायी, प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो । रासस”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *