वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड, यी ६ जिल्लामा इन्टरनेट सेवा अवरुद्ध

कात्तिक ६, सल्यान । वर्ल्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इन्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ । 

वर्ल्ड लिंक इन्टरनेटको कपुरकोट – ३ मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोट लगायत जिल्लामा वर्ल्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ । 

दशैँ मनाउन चौकीदार घर गएको मौका छोपी अज्ञात समूहले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण झिकेर लगेको इलाका प्रहरी कार्यालय कपुरकोटले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *