मास्कमा कालोबजारी गर्ने दुई मेडिकल कारबाहीमा, २२ लाख जरिवाना
मकालु खबर
२०७६ फागुन २४ गते
काठमाडौं । सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकललाई कारबाही गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको जनाएको छ ।
क्षेत्रपाटीकै एसजे सर्जिकललाई २० हजार जरिवाना, महाबौद्धको आरएफ फार्मेसीलाई १० हजार जरिवाना तिराइएको विभागले जनाएको छ ।
null
सरकारले गत मंगलबारबाट मेडिकलहरुमा मास्कको अवस्थाबारे अनुमगन थालेको छ । बजारमा कोरोना भाइरसको त्रास बढेपछि मास्क लुकाएर मंहगोमा बेच्नेहरु विरुद्ध विभागले छड्के अनुगमन गरिरहेको छ ।
मकालु खबर
२०७६ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित