स्कूल बसले किच्दा ८ वर्षीय बालकको मृत्यु

कार्तिक ५, काठमाडौं । ललितपुरको गोदावरीमा स्कूल बसले किच्दा एक बालकको मृत्यु भएको छ ।   

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीमा होली टेम्पल विद्यालयको बा२ख ५००९ नम्बरको बसले किच्दा सोही विदालयमा अध्ययनरत नवीन घिमिरेको मृत्यु भएको हो ।   

एलकेजीमा अध्ययनरत घिमिरेको सोमबार बिहान ९ बजेतिर घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । । 

विद्यालयको बस चढ्ने क्रममा ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।   

चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *