नवलपरासीबाट पक्राउ परे विप्लव समूहका विद्यार्थी नेता बस्याल

२०७६ वैशाख २ गते

वैशाख १, नवलपरासी । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विद्यार्थी नेता रमेश बस्याल पक्राउ परेका छन् ।
आइतबार बिहान पश्चिम नवलपरासीको बर्दघाटस्थित आफ्नै घरबाट नेता बस्याल पक्राउ परेका हुन् ।
null
उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विप्लवका नेता कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

२०७६ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित