काठमाडौंबाट ३४ लाख बढी नगदसहित ३ जना पक्राउ

 

जेठ ५, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँ र गौशाला वृत्तको विशेष टोलीले आइतबार ३४ लाख नगदसहित ३ जनालाई पक्राउ गरेको छ । 

प्रहरीले ३४ लाख ८९ हजार ३ सय नगदसहित अर्जुन राई, जगत खड्का र सुनील राईलाई काठमाडौंको चाबहिलबाट नियन्त्रणमा लिएको हो । 

null

पक्राउ परेका तीन जना हुण्डी कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले दुबईबाट अवैधानिक रुपमा नेपालमा रकम ल्याउने र पठाउने कार्यमा सक्रिय रहेको सूचनाका उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *