धनकुटाको डाँडाबजारमा फागुन २४ देखि महोत्सव हुने

फागुन १, धरान । यस वर्ष फागुपूर्णिमाको अवसर पारेर डाँडाबजार महोत्सव २०७६ आयोजना हुने भएको छ ।  यहि फागुन २४ गतेदेखि २७ गतेसम्म महोत्सवको आयोजना गरिने बिहिबार धरानमा पत्रकार सम्मेलन गरी आयोजक डाँडाबजार महोत्सव मुल आयोजक समितिले जानकारी दिएको हो । 

धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ डाँडाबजार स्थित भानु माविको खेल मैदानमा हुने उक्त महोत्सवमा विभिन्न जातिय परीकारहरूको साथमा सास्कृतिक कार्यक्रम हुने बताइएको छ । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय गायिका मेलिना राईको साथमा स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष राजकुमार लिम्बुले जानकारी दिए ।   

बिशेष गरि डाँडाबजार वरीपरी रहेका पर्यटकिय स्थलहरुको प्रचार-प्रसार गरी जनमानसमा चिनाउनका लागि महोत्सवको आयोजना गरीएको पत्रकार सम्मेलनमा बताइएको छ । 

डाँडाबजार वरीपरी नजिकै ध्वजे डाँडा, एसियाकै ठुलो बरको रुख, ओख्रे भ्यु टावर, भगीश्वर पार्क हात्तीढ्रङ्गे, जनजाति पार्क, गिद्धेभिर, हात्तीटार शहिद पार्क, भुकम्प मापन क्षेत्र, साइरेनी चर्च ओख्रे, होमस्टे लगायत पर्यटकिय क्षेत्रहरुलाई चिनाउने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरीन लागेको आयोजकले जनाएको छ ।   

त्यस्तै सोही महोत्सवमा साँस्कृतिक मनोरञ्जनका साथै फुटबल प्रतियोगिताको समेत आयोजना गरिनेछ भने  फुटबल प्रतिययोगितामा धरान र धनकुटाका गरी ८ वटा टीमको सहभागीता रहनेछ । 

प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेताले ५० हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक  डाँडाबजार महोत्सव मुल समितिले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *