बिवाहकाे बिषयमा कुटपिट हुँदा एककाे मृत्यु

 

असार २७, विराटनगर। विवाहको बिषयमा विवाद भएर निर्घात कुटपिटका कारण विराटनगरमा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा विराटनगर–१४ का सेमानन्द यादवको रहेका छन् । कुटपिटबाट गम्भिर घाइते बनेका यादवको गएराति सवा ९ बजे मृत्यु भएको मृतकका आफन्त बिजेन्द्र यादवले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले समेत यादवको मृत्यु भएको पुष्टि गरेको छ । 

null

मोरङ प्रहरीका डिएसपी राजकुमार खिउजुले मृत्यु भएका यादवको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाउने बताए । उनले सो घटनाका विपक्षीहरु बिरुद्ध ज्यान मार्ने उद्योग अर्न्तगत मुद्धा दर्ता रहेको र सम्बन्धित ब्यक्तिहरुको खोजी कार्य तीब्र पारिएको जानकारी दिए ।  

यता मृतकका आफन्तले भने घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ नगरेसम्म मृतकको शव नबुझ्ने अडान लिएका छन् । आफुले रोजेको केटीसँग छोरोले विवाह गर्न नमानेपछि जेठ ३२ गते विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा भएको छलफलका क्रममा उनलाई कुटपीट गरिएको पीडित पक्षको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *