रुखले किचेर एक बालकको मृत्यु एक घाइते

 

जेठ १०, ईलाम । ईलाममा सडक निर्माणका क्रममा जेसिबीले ढालेको रुखले किचेर एक १३ वर्षीय बालकको ज्यान गएको छ भने एक घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय इलामले जानकारी अनुसार ईलामको सुर्योदय नगरपालिका–६ तारगाँउमा सडक निर्माण गर्ने क्रममा जेसिबीले ढालेको रुखले किचेर १३ वर्षिय बालकको ज्यान गएको हो । 

null

विद्यालय जानेक्रममा हर्कटे– तारगाँउ सडक निर्माण भईरहेको बेला जेसिबीले ढालेको रुखले किचेर भेषराज गजमेरको मृत्यु भएको प्रहरी उपरीक्षक माधव श्रेष्ठले बताएका छन् । 

घाइते हुनेमा कृतिका रसाइली रहेकी छिन् । उनको उपचार त्यहाँ सम्भव नभएपछी उनलाई उपचारको लागि झापा पठाईसकिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *