नेपाल बंगलादेश बैंकद्धारा महेन्द्र आदर्श माविलाई ५० हजार सहयोग
चैत्र ६, काठमाडौं । नेपाल बंगलादेश बैंकले महेन्द्र आदर्श माविलाई पचास हजार आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त रकम ललितपुरस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई सहयोगस्वरुप प्रदान गरेको हो ।
विद्यालयको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका लागि बैँकले सो रकम उपलब्ध गराएको बताएको छ । उक्त रकमले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्नको लागि सहज हुने विद्यालयका प्रधान अध्यापक एक बहादुर भण्डारीले जानकारी दिए ।
साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।
बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेको छ ।
उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैँकको लक्ष्य रहेको छ ।