सिके राउतद्वारा सरकारसँगको सम्झौता उल्लंघन

 

फागुन २६, काठमाडौँ । सरकार र सिके राउतबीच भएको सहमतिका विषयमा सवाल–जवाफ भइरहँदा सिके राउतले सम्झौता उल्लंघन गरेका छन् । 

गत शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको घोषणा गरेपनि आइतबार सो सम्झौताको उल्लंघन भएको हो । सरकारबीच भएको सम्झौताको उल्लंघन उनकै कार्यकर्ताहरुले स्वतन्त्र मधेसको झण्डा देखाएर गरेका हुन् । 

null

११ बुँदे सम्झौताको ६ नम्बर बुँदामा ‘स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन। आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन’, भनिएको छ । तर मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकाल्यो, त्यो पनि ‘फ्रि मधेस’ को ब्यानर र ज्याकेट प्रयोग गरेर । 

 

सिके राउतका यस्ता गतिविधिले सरकार र राउतबीच भएको सहमतिले मुलधारको राजनीति भन्दा पनि विखण्डनको नारालाई वैधानिकता दिएको प्रमाणित गरिदिएको छ । यसअघि राउतले सरकार स्वतन्त्र मधेसको विषयमा जनमत संग्रह गर्न तयार भएको दाबी गरेका थिए । 

यता संसदमा आज सम्झौताको २ नम्बर बुँदाबारे जानकारी गराउन भन्दै चर्काचर्की नै भएको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भने स्वतन्त्र मधेश गठबन्धनसँग जनमत संग्रहमा जाने भन्ने सहमति नभएको स्पष्ट पारेका थिए । 

गृहमन्त्री थापाले संविधानले पनि प्रदेशलाई अलग्गै देश बनाउन कुनै अधिकार नदिएको स्पष्ट पार्दै जनमत संग्रहका लागि सरकारले सहमति गरेको भन्ने भ्रम नछर्न आग्रह समेत गरेका थिए । 

यस्ता छन् सम्झौताका बुँदा: 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *