वरिष्ठ अभिनेता कादर खानकाे निधन

 

पुस १७, काठमाडौँ । भारतीय चलचित्रका वरिष्ठ अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । अभिनेता खानको क्यानडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

उनको छोरा सरफराजले मृत्यु भएको पुष्टि गरे । उनी लामो समयदेखि अस्वस्थ थिए । र पछिल्लो समय क्यानडाको एक अस्पतालमा भर्ना भएका थिए । केही दिन पहिले कादर खानको मृत्युको झुटो खबर पनि फैलिएको थियो, उनका छोराले यसको खण्डन गरेका थिए ।  

null

क्यानडा अस्पतालमा उनका छोरा सरफराजले भने, ‘मेरा पिता अब रहेनन् ।’ लामो समयदेखिको बिमारीका कारण क्यानडाको समय अनुसार ३१ डिसेम्बर साँझ ६ बजे उनको मृत्यु भयो । उनी दिउँसो कोमामा थिए । उनी १६–१७ हप्तासम्म अस्पतालमा थिए । उनको अन्तिम संस्कार क्यानडामा नै गरिनेछ । 

‘उहाँको अन्तिम संस्कार क्यानडामै गरिनेछ । हाम्रो पूरा परिवार लामो समयदेखि नै क्यानडामा छ । त्यसैले हामी सबै अन्तिम काजक्रिया यहीँ गर्छौँ,’ छोरा सरफराजले बताए । 

कादर खान अभिनेतासँगै संवाद लेखक पनि हुन् । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग धेरै चलचित्रमा काम गरेका थिए । 

उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा डेब्यु गरेका थिए । खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *