अस्पतालमै खुकरी प्रहार, एक जना गम्भीर घाइते

 

जेठ १३, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचौक स्थित पुरानो अस्पतालको नामले परिचित क्षेत्रको सदुपयोग हुन नसक्दा असुरक्षित बन्दै गएको छ । शनिबार राती धरान १४ का २१ वर्षीय राजन थापा मगरमाथि सोही स्थानमा धारिलो हतियार प्रयोग गरी सांघातिक हमला भएको छ । 

उनको टाउकोको बायाँपट्टि कान नै लत्रिने गरी खुकुरी प्रहार गरिएको धरान १४ का वडा सदस्य सोभा पुलामीले बताएका छन् । बोल्न नसक्ने गम्भीर अवस्थामा उनको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको उनले जानकारी दिए । आक्रमण कसले, किन गर्यो भन्नेबारे कुनै जानकारी नभएको पनि उनले बताए । 

null

उक्त क्षेत्र खुला र एकान्त भएकाले लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै गएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालनमा रहेपनि काम गर्ने वातावरण नरहेको त्यहाँका कर्मचारीहरु बताउँछन् । 

वीपी प्रतिष्ठानको स्वामितवमा रहेको १ विगाह १३ कठ्ठा १४ धुर क्षेत्रफलमा रहेको जग्गा तथा जीर्ण भवनहरुमा अहेव र अनमीको स्तरवाट स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालन तथा सुकुम्वासी, पुनस्र्थापना गृह, पार्किङ आदि अनाधिकृत रुपले रहेकाले धरानको मुटुमा रहेको जग्गाको दुरुपयोग हुनुका साथै अपराधिक एवम् असमाजिक गतिविधि बढ्दै गएको छ । 

 

वीपी प्रतिष्ठानले बिरामीको चाप तथा प्रभावकारी एवम् गुणस्तरीय सेवालाई ध्यानमा राखेर उक्त क्षेत्रमा निकट भविष्यमा सय शैयाको अस्पताल निर्माण गर्ने र तत्काल जेनेरल मेडिसिन र स्त्री रोग सम्बन्धि ओपिड तथा ल्याब, एक्सरे र अल्ट्रासाउण्ड सुविधा सहितको अस्पताल सेवा विस्तार गर्न लागेको भएपनि धरान उपमहानगरपालिकाले असहयोग गरेको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए । 

उपमहानगरपालिकाले एकातिर त्यै जीर्ण भवनमा स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालन गर्ने अर्कोतिर प्रतिष्ठानले धनपाको समेत प्राविधिक मूल्यांकन र रायअनुसार आवश्यक मर्मत सम्भार गरेर सेवा विस्तार गर्न खोज्दा पाउँदैन नयाँ संरचना नै बनाउनुपर्छ भनेर सेवा विस्तारमा अवरोध गरेको अस्पताल सेवा विस्तारका संयोजक समेत रहेका उनले बताए । 

प्रतिष्ठानमा सामान्य बिरामी र स्वास्थ्य बीमाका बिरामीहरुको चापले गर्दा जटिल प्रकारका बिरामीहरुको उपचार प्रभावित हुँदै आएको छ । सेवा विस्तार प्रतिष्ठानको कर्तव्य भएतापनि आवश्यकता जनताको भएकाले धनपा र सम्बन्धित सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *