भारतमा बस दुर्घटना हुँदा ७ को मृत्यु ४० घाइते

माघ १५, भारत । बुधबार बिहान भारतमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।   

आज बिहान  ३ः३० को समयमा  भारतको पूर्वी राज्य उडिसामा गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा बस खोल्सामा खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो भने ४० जना घाइते भएका हुन् ।   

स्थानिय प्रहरीका अनुसार यस दुर्घटना परी  घाइते हुनेहरुको उपचार स्थानिय अस्पतालमा भईरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *