ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

 

बैशाख २७, कैलाली । मार्तडीबाट कोल्टि आउँदै गरेको लु४त ७८१ नम्बरको ट्याक्टर बुढीनन्दा नगरपालिका–५ दान सागुमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

दुर्घटनामा बुढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको हो । खड्काको उपचारका क्रममा कोल्टि स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

घाइते हुनेमा चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० का १९ वर्षीय खगेन्द्र चौधरि र स्वामी कार्तिक गाउपालिका–३ का प्रकाश शाही रहेका छन् । उनीहरुको कोल्टिकै स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

दुर्घटनाको कारण खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *