ए डिभिजन लिगः थ्री स्टारलाई २–१ ले पराजित गर्दै संकटा बन्यो उपविजेता

 

पुस १८, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सीएमजी संकटा क्लबले रुस्लान थ्री स्टारलाई पराजित गरेको छ । 

बुधबारको खेलमा थ्री स्टारलाई २–१ गोल अन्तरले पराजित गर्दै संकटा लिगको उपविजेता बनेको छ । आजको जितसँगै संकटाले लिगको दोस्रो स्थान पक्का गरेको हो । लिगको उपविजेता बनेको संकटाले १२ खेलबाट २८ अंक जोडेको छ । 

null

संकटालाई जित दिलाउन अमित तामाङले नै निर्णायक दुई गोल गरे । थ्री स्टारका रन्जन बिष्टले एक गोल फर्काए । खेलमा अमित म्यान अफ दि म्याच चुनिए । 

संकटा शीर्ष स्थानको मनाङ भन्दा ८ अंकले पछि छ । तर, संकटा तेस्रो स्थानको थ्री स्टार भन्दा ५ अंकले अघि छ । थ्री स्टारको २३ अंक छ । संकटालाई पराजित गरेको भए थ्री स्टारको उपविजेता सम्भावना कायम रहने थियो । 

यस्तै लिगमा एक खेल बाँकी रहदा थ्री स्टारलाई तेस्रो स्थानमा रहन अन्तिम खेल जित्नै पर्ने भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *