पोखराका १६ वर्षीय बालक आफैँले बनाए गाडी, चलाएर देखाउँदा सबै दंग !

फागुन १५, पोखरा । पोखरा महानगरपालिका -२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी (गो कार्ट) चलाएर सबैलाई दंग पारेका छन् । 

उनको सिर्जना देखेर विद्यार्थी, शिक्षक तथा अभिभावक खुसी देखिए । विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी चलाएर देखाएका हुन् । विद्यालयले उनीसँगै विज्ञान शिक्षक योगराज पौडेललाई पनि सम्मान गरेको छ । 

रुपेशले बनाएको गाडी चलाउँदै प्रमुख अतिथि पोखरा महानगरपालिका -२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले सिकेका विषयलाई व्यवहारमा उतारेको भन्दै प्रशंसा गरेका छन् । विज्ञान र प्रविधिमा रुचि राख्ने १६ वर्षीय रुपेश सामान्य परिवारका विद्यार्थी हुन् । उनीमा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेलले बताए । 

null

‘उनी जिज्ञासु छन्, यसअघि पनि उनले डोजर, जेसिभी, हाइड्रोलिक ब्रिज, सानो गाडी बनाइसकेका छन्’, पौडेलले भने । पर्वतको कुष्मा नगरपालिका-१ पाङ स्थायी बसोवास भई रुपेशको परिवार अहिले पोखराको रिठेपानीमा बस्दै आएको छ । उनका बाबु सोमबहादुर चँदराको रिठेपानीमा ग्रिल उद्योग छ । 

बुबाले ग्रिल उद्योग चलाएका कारण गाडी बनाउनका लागि सामग्री जुटाउन आफूलाई निकै सजिलो भएको रुपेशले बताए । झण्डै २० दिनमा तयार गरेको गाडीका लागि एक लाख २० हजार जति खर्च लागेको भन्दै रुपेशले विद्यालय र परिवारको साथ पाएको बताए ।   

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *