संसदमा रेशम चौधरीको जन्मकैददेखि शिक्षक कुट्ने कामसम्मको विरोध

 

फागुन २२, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राजपाका सांसद प्रमोद शाहले कैलाली जिल्ला अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई सुनाएको जन्मकैदको फैसलाप्रति आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले रेशम चौधरीप्रति सरकारले राजनीतिक व्यवहार नगरेको आरोप लगाए । 

null

त्यस्तै नेकपाका खगराज अधिकारीले अस्थायी शिक्षकका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले अस्थायी शिक्षकका रुपमा लामो समयसम्म शिक्षा विकासको लागि योगदान पु¥याएका शिक्षकलाई अलपत्र पार्न नहुने भन्दै उनीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । 

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका बालकृष्ण खाँडले पेशागत हित र सुरक्षाका लागि आन्दोलनमा रहेका शिक्षकमाथि प्रहरीबाट लाठी प्रहार हुँदा सयाँैको सङ्ख्यामा शिक्षक घाइते भएको भन्दै उक्त घटनाप्रति विरोध जनाए । 

यस्तै सांसद महेन्द्र राय यादवले लोकतन्त्रको मूल्य र मान्यताविपरीत शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकमाथि भएको प्रहरी दमनको घटनाप्रति दुःख व्यक्त सरकारले घाइते शिक्षकको उपचार खर्च उपलब्ध गराउनुपर्ने बताए । 

सांसद दिलेन्द्रप्रसाद बडूले मेलम्ची खानेपानी आयोजना निर्माणमा भएको अनियमितता र ढिलाइबारे सदनलाई जानकारी गराउन माग गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *