काठमाडौंलाई हराउँदै भैरहवा इपीएलको फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

 

पुस ५, काठमाडौँ । भैरहवा ग्लाडीयटर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

बिहिबार भएको खेलमा काठमाडौँ किंग्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै शरद भेषावकरको कप्तानीमा भैरहवा फाइनलमा प्रवेश गरको हो । 

null

काठमाडौँले दिएको १०१ रनको लक्ष्य भैरहवाले १७ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । उसका रायन टेन ड्यासच्याटले ४५ रनको पारी खेल्दै टोलीको जित सुनिश्चित गरेका थिए। 

साविकको उपविजेता भैरहवाले शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्सको सामना गर्नेछ। ललितपुर पहिलो क्वालिफायरमा जित निकाल्दै यसअघि नै फाइनल प्रवेश गरिसकेको हो। 

भैरहवाका लागि रायन टेन डोसकाटेले ४५ रन बनाए । यस्तै रवि इन्द्रर सिंहले ३१ रन जोड्दा रोहित कुमार पौडेल ९ रनमा अविजित रहे भने कप्तान शरद भेषावकरले अविजित ६ रन बनाए । 

काठमाडौंका संसद शेखले २ तथा प्रदीप साहुले एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभरमा अलआउट हुँदै १०० रन मात्र जोड्न सक्यो । 

काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे । यस्तै काठमाडौंका प्रदिप साहुले २५ रन जोड्दा अमित श्रेष्ठले १३ रन बनाए । 

काठमाडौंलाई सस्तैमा समेट्न भैरहवाका कुशल मल्लले ३ विकेट लिए । मोहमद नाभिदले २ विकेट लिए । 

पहिलो क्वालिफायरमा ललितपुरसँग पराजित भएपनि काठमाडौंले दोस्रो प्ले अफ खेल्ने मौका पाएको थियो । भैरहवा भने इलिमिनेटरमा चितवन टाइगर्सलाई हराएर क्वालिफायरमा पुगेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *