ट्राफिकलाई पाँच हजार घुस दिन खोज्दा कार चालक फन्दामा

फागुन २६, काठमाडौं । ट्राफिकलाई पाँच हजार घुस दिन खोज्ने कार चालक पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी कार चलाएका चालक कारबाही नगर्न भन्दै ट्राफिक प्रहरीलाई पाँच हजार घुस दिन खोज्दा पक्राउ परेका हुन् । 

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । उक्त कार चालक श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी चलाएका थिए । 

महानगरीय ट्राफिक  प्रहरी कंलकीका प्रमुख पुरूषोतम कार्कीले श्रेष्ठले कलंकी चोकमा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई नगद ५ हजार रुपैयाँ दिई कानुनी कारवाहीबाट बच्न कानुन विपरित आर्थिक प्रलोभनमा पार्न खोज्दा आइतबार राति ट्राफिक प्रहरीले पक्राउ गरेको बताए । 

null

कंलकी चोकमा डिउटीमा खटिएका प्रहरी जवान रमेश गुडालले चेकजाँच गर्ने क्रममा कार चालक विनोद श्रेष्ठले  मापसे गरेको भेटिएपछि कार्बाही गर्न खोज्दा ३ हजार दिन्छु कार्बाही नगर्नु भनेका थिए तर, प्रहरी जवानले इन्कार गरे । पछि चालकलाई कारबाहीका लागि कंलकी ट्राफिक कार्यालय लग्दै गर्दा प्रहरी जवान दिपककुमार विकसँग पनि दुई हजारका थय दुईहजार दिने भन्दै कारबाही नगर्न भनेका थिए । उनले समेत पैसा लिन इन्कार गरेपछि चालक र सवारीलाई कानुन बमोजिम कारवाही गर्न पठाइएको कंलकी ट्राफिक प्रहरी प्रमुख कार्कीले बताए । 

डिउटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा पर्ने जोकोहिलाई पनि नछाड्ने र कानुनी दायरामा ल्याउने उनको भनाई छ । ट्राफिक प्रहरीले कसैसँग पनि हात नफैलाएको भन्दै गल्ती गर्ने सवारी चालकलाई कारबाहीका दायरामा ल्याईने दाबी गरे ।   

यसअघि बाटोमा खटिएका ट्राफिक प्रहरीहरूलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने विभिन्न चालक र सहचालक गरि करिब २० जना भन्दा बढिलाई कानुनी दायरमा ल्याई सकिएको समेत उनले बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *