चितवनको कालिका र इच्छाकामनामा महिला शशक्तिकरण परियोजना लागू

 

साउन १९, चितवन । चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा लैंगिक उत्तरदायि सुशासन प्रर्वधनका लागि युवा महिलाहरुको शशक्तिकरण नामक परियोजना सुरु भएको छ । 

डेभलपमेन्ट एक्स्चेन्ज सेन्टर (डेक नेपाल ) नामक संस्थाले कालिका नगरपालिकाको ५ वटा वडा र इच्छाकामना गाउँपालिकाको ६ वटा वडामा यो परियोजना सुरु गरेको हो । यि वडाहरु चेपाङ समुदायको वाहुल्यता रहेको क्षेत्र हो । 

null

प्रदेश सांसद सन्तवहादुर चेपाङको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि परियोजनाकाबारे जानकारी गराईएको हो । साथै परियोजनाका लागि आवश्यक प्रशिक्षकहरुका लागि लैंगिक उत्तरदायी सामाजिक जवाफदेहिता सम्वन्धी पाँच दिने तालिम सुरु भएको छ । 

भौगोलिक अवस्थाका कारण चितवनका पहाडी वडाहरुका समुदायका सवै क्षेत्रको पहुँचमा पुग्न सकेका छैनन् । परियोजनाका बारे जानकारी दिदैं डेन नेपाल सौराहाका कार्यक्रम संयोजक जनक कार्कीले स्थानीय सुशासन प्रक्रियालाई लैंगिक उत्तरदायी तथा समावेशी वनाउनका लागि कार्यक्रम स्थलका आदिवासी जनजाति महिलाहरुको मानव अधिकार रक्षा र शशक्तिकरण गर्ने उदेश्य रहेको वताए । 

यो परियोजना कालिका नगरपालिकाको वडा नम्वर ३,८,९,१० र ११ तथा इच्छाकामना गाउँपालिकाको वडा नम्वर १,२,३,५,६ र ७ मा संचालन हुनेछ । २ वर्षका लागि संचालन हुने सो परियोजनाको कुल लागत युएस १ लाख ६५ हजार डलर रहने कार्यक्रम संयोजक कार्कीले वताए । यसअघि पनि डेन नेपालले कालिका नगरपालिकाको सिद्धी र इच्छाकामना गाउँपालिकाको केही वडामा सो परियोजना संचालन गरेको थियो ।  

चेपाङको नाममा पैसा खाने छुट छैन् – मेयर श्रेष्ठ परियोजनाको उद्घाटन कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले गैरसरकारी संस्थाहरुले पारदर्शी रुपमा काम गर्नु पर्ने वताएका छन् । चेपाङका नाममा यसअघि धेरै संघसंस्थाले काम गरेपनि प्रभावकारी हुन नसकेको भन्दै मेयर श्रेष्ठले पारदर्शी रुपमा परिणाम देखिने गरि काम गर्नु पर्ने वताएका हुन् । 

चेपाङ लगायत पहाडी क्षेत्रका स्थानीयको जीवन सुधारका लागि नगरपालिका संघसंस्थासंग समन्वय गरेर काम गर्न तयार रहेको उनले वताए । विदेशी डलर ल्याएर सिमित मात्रै खर्च गर्ने परिपाटी रहेको उल्लेख गर्दै मेयर श्रेष्ठले प्रत्यक्ष जीवनमा परिवर्तन आउने गरी काम गर्नु पर्नेमा जोड दिए । उनले शिक्षा र उत्पादनलाई जोडेर गैरसरकारी संस्थाले पनि काम गर्नु पर्ने वताए । चेपाङको नाम विकाएर खाने संघसंस्था धेरै छन् मेयर श्रेष्ठले भने – ति समुदायको विकास हुने गरि शिक्षा र उत्पादनमुखी कार्यक्रमलाई जोड दिनु पर्छ । 

डेक नेपालकी अध्यक्ष शिखा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ चितवनका अध्यक्ष सुरेश अधिकारी,कालिका ११ का वडाध्यक्ष कृष्ण वहादुर प्रजा, इच्छाकामना गाउँपालिका ६ का अध्यक्ष भुपेन्द्र प्रजा, नेपाल चेपाङ संघ चितवनका अध्यक्ष लक्ष्मण चेपाङ लगायतले आआफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *