भारतका लागि राजदूत बन्न याेग्य छुः निलाम्बर आचार्य

 

मंसिर २३, काठमाडौँ । भारतका लागि नेपालको राजदूतमा सिफारिस भएका निलाम्बर आचार्यले नेपाल–भारतको चिसिएको सम्बन्धलाई अब नयाँ तरिकाले अघि बढाउनुपर्ने बताएका छन् । 

संसदीय सुनुवाइ समितिको सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिने क्रममा निलाम्बरले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालको विकासका लागि भारतसँगको सम्बन्ध राम्रो हुनैपर्छ। अन्य देशसँगको सम्बन्धले भारतसँगको सम्बन्धमा आँच आउँछ भन्ने आशंकालाई मेटाउनुपर्छ ।’ 

null

बैठकमा उनले भारसँगको सम्बन्ध पुरानो हुनुका साथै परिपक्व समेत भएका कारण आफू सो पदको लागि योग्य भएको दाबी गरे । 

‘नेपाल र भारतका बीचमा स्पष्ट कुरा नहुँदा धेरै समस्याहरु सिर्जना भएका छन् । म यसको समाधान गर्ने छु’ उनले भने ।  

उनले भारतका लागि राजदूतको रुपमा काम गर्न पाएमा आफूले नेपाल–भारत सम्बन्ध उचाईमा पुग्नेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। 

सरकारले भारतका लागि आचार्यसहित युएईका लागि कृष्णप्रसाद ढकाल, मलेसियाका लागि उदयराज पाण्डे र इजरायलका लागि अन्जान शाक्यको नाम सिफारिस गरेको थियो। 

आजै मलेसियाका लागि सिफारिस पाण्डेमाथिको सुनुवाइ पनि हुँदै छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *