बार्सिलोनाको प्रशिक्षणमा फरवार्ड नेयमारको रिस (भिडीयो सहित)

एजेन्सी – नयाँ सिजनको तयारीका क्रममा अमेरिकामा रहेको बार्सिलोनाको प्रशिक्षणमा  फरवार्ड नेयमार र डिफेन्डर सेमेडोबीच झगडा परेको छ । सर्जियो बुस्केट्सले झगडा छुट्ट्याएसँगै उनले रिसको झोकमा बिब्स फ्याँकेर मैदान छाडेका थिए ।

भिडियोमा देखिए अनुसार नेयमार र सेमेडोको झगडा परेसँगै अन्य खेलाडीले दुवैलाई छुट्ट्याएका थिए । त्यसपछि केहि बेर भनाभन भएपछि नेयमारले रिसाउँदै बिब्स फ्याँकेका थिए । त्यसपछि नजिकै रहेको बललाई रिसको झोकमा हान्दै उनले मैदान छाडेका थिए ।

पिएसजी जाने हल्ला दिन प्रतिदिन बढ्दै जाँदा यस घटनाले झन् उग्र रुप लिने विश्लेषकहरुको बुझाई रहेको छ।

https://youtu.be/mg_nCI7ddZE

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *