नेविसंघ महाधिवेशन तय गर्न कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

मंसिर १, काठमाडौं । नेपाल विद्यार्थी संघको विधान पारित गर्न आज शनिबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । 

पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा नेपाल विद्यार्थी संघको विधान पारित गर्ने सन्दर्भमा छलफल गर्ने कार्यसूची रहेको छ । उक्त विषयको जाकारी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । 

शर्माका अनुसार बैठकले आगामी १२ औं महाधिवेशनको मिती तय गर्न सक्नेछ । त्यतिञ्जेल सम्मका लागि बर्तमान कार्य समितिको समय थप्ने तय भएको छ । बैठकले संघको विधान पारित गरी १२ औं महाधिवेशनको तय गर्न आवश्यक निर्णय लिने जनाइएको छ । 

null

नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते आइतबार सकिदैछ । यसअघि, दुईवर्षे कार्यकालका लागि संघको ११ औं महाधिवेशन ०७३ भदौमा भएको थियो । 

वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको भएपनि महाधिवेशन हुन सकेको थिएन । त्यसपछि पार्टीले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थपिदिएको थियो । उक्त म्याद समेत भोलीबाट सकिने भएपनि आज बैंठकले म्याद थप्न सक्ने प्रवक्ता शर्माले बताए ।  

यसका साथै आजको केन्द्रीय समिति बैठकमा महासमिति लगायतका समसामयीक राजनीतिक विषयमा पनि छलफल हुने तय गरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *