महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिक क्लिनिकबीच सम्झौता

फागुन ७, काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड र टेस्ला डाइग्नोष्टिक क्लिनिक प्रा.लि. बालुवाटार बीच उक्त क्लिनिकको सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।   

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिक प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत  रिंकु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुरुप ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने भएका छन्।  यस सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *