‘कुटुमा कुटु’ गीतको चलचित्र ‘२ रुपैयाँ’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं, १३ साउन । चर्चित गीत ‘कुटुमा कुटु’ समावेश रहेको चलचित्र ‘२ रुपैयाँ’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र निर्माण पक्षले विहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरेको हो । भदौं २३ गतेबाट पर्दशनमा आउने यो चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् ।

ए जी टु वान प्रोडक्सन प्रालि र ब्ल्याक हर्स पिक्चर्स प्रालि मार्फत संयुक्त रुपमा निर्माण भएको चलचित्रमा निश्चल बस्नेत, आशिफ साहको मुख्य भूमिका रहेको छ । चलचित्रमा आशिफ, निश्चलसँगै बुद्धि तामाङ्ग, मेनुका प्रधान, रबिन्द्र झा, राजन ईशान, टिका पहारी, प्रतिकराज न्यौपाने लगायतका कलाकारहरुले अभिनय गरेका छन् । युट्युवमा यो फिल्मको गीत ‘कुटुमा कुटु’ छोटो समयमै १ करोड २५ लाख बढीले हेरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *