प्रेरणादायक र साहसी महिला सम्मानित

फागुन २५, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणदायी र साहसी महिलालाई सम्मानित गरेको छ ।   

क्लबले विभिन्न परिस्थितिका बाबजुत प्रेरणादायक र साहसी महिलाको योगदान र उपलब्धीलाई सम्मान गर्र्न ८ मार्च, अर्थात फागुन २५ गते आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ ।   

उक्त कार्यक्रम नबिल बैंक, आमन्त्रन स्पा एण्ड सलुन र मल्टी ब्राण्ड इलेक्ट्रोनिक स्टोर स्वीच अनको सहयोगमा ¥याडिसन होटलले आयोजना गरेको थियो । 

येलो रोज डे २०२० मा आठ जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो ।   

अर्वाबाट सम्मानित हुनेमा प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयरबाट नेपाल प्रहरीकी  एआईजी डा. आशा सिंह, अमर राना गेम चेन्जर अवार्डबाट आयुषी के.सी., ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम. क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिपबाट सुश्री प्राश्ना भट्टराई, ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजीबाट छिरिङ डिके लामा रहेका छन् ।   

त्यस्तै, नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति २५ हजार रुपैयाँ प्रदान गरेको छ ।   

सम्मानित हुनेमा लक्ष्मी नापित, सरस्वती सुवाल, साझा बस चालक हर्मिता श्रेष्ठ, इलेक्ट्रिशियन  मन्धिरा भण्डारी रहेका छन् ।   

सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो । जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । यसले त्यस्तो समाजको परिकल्पना गरिरहेको छ । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो । जुन महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ । नेपाल आधिकारिक रुपमा चार्टर्ड हुने ६४ औं मुलुक हो । 

जोन्टा क्लब अफ काठमाडौंका कार्यक्रमहरु अन्तर्गत महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म–रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण, १६ दिने महिला हिंसा विरुद्धका गतिविधि, सरसफाई परियोजना, महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरण लगायत रहेका छन् ।   

यो दुई वर्षको अवधी (२०१८–२०२०) जोन्टाका लागि शतवर्षीय अवधी हो । जोन्टाको १०० वर्ष मनाउन, जोन्टा क्लब अफ काठमाडौं चौतर्फी प्रभावका लागि आफ्ना पहलहरु जारी राख्न र बलियो बनाउन प्रतिवद्ध रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *