अनुहार सुन्दर र चम्किलो बनाउँने केही घरेलु उपाय

 

असार १५ ।  सुन्दर र आकर्षित अनुहार होस् भनेर हरेक महिला या पुरूष चाहन्छन् । यही सौन्दर्यको लागि उनीहरुले लाखौँ रुपैँया खर्च गर्न नि तयार हुन्छन् । 

अनुहार सुन्दर र चम्किलो बनाउने धेरै प्रोडक्टहरुपनि आजभोली बजारमा प्रशस्तै पाईन्छ तर यी प्रोडक्टहरुले धेरैलाई श्रेणिक सौन्दर्य दिलाए पनि पनि यसको साईड ईफेक्टहरु हुनेहुन्छन् । तर हामीले हाम्रो घरैमा पाईने घरेलु बस्तुबाट पनि हाम्रो अनुहार सुन्दर र चम्किलो बनाउन सक्छौँ ती घरेलु बस्तुहरु के–के हुन् तल बताईएको छ । 

null

– एक चम्चा मह अनुहारमा लगाउने। (यसमा ४ र ५ थोपा कागतीको रस मिलाउन सकिन्छ) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ। 

– डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने। 

– दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ। 

– अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ। 

– पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ। 

– काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ। 

– अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ। 

– सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने। 

– काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ। 

– निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *