सरकारी चिकित्सकद्वारा आकस्मिकबाहेक सम्पूर्ण सेवा बहिष्कार

काठमाडौं । आज सरकारी चिकित्सकले आकस्मिकबाहेक सम्पूर्ण ओपिडी सेवा बहिष्कार गरेका छन् । कर्मचारी समायोजन विधेयक सच्याउन माग गर्दै सरकारी चिकित्सक संघ गोदानले स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय बमोजिम काम थप्प पारेका हुन् । 

बुधबार परेको स्वास्थ्य सेवा दिवस बहिष्कार गरेको जानकारी गराउँदै गोदानले समायोजन ऐन मिचेर सहसचिवस्तरका ११ औं तहका चिकित्सकलाई प्रदेशमा समायोजन गरेकाले त्यसलाई सच्याउन माग गर्दै इमरजेन्सीबाहेक सबै सेवा बहिस्कार गरेको जनाएको छ । 

 

null

नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनुपर्ने माग राख्दै दुईमहिना देखि आन्दोलनरत सरकारी चिकित्सकले समायोजन विधेयक नसच्याए सामूहिक राजीनामा दिने धम्की समेत दिएका छन् । 

चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले पनि सरकारी निर्णयप्रति आपत्ति जनाउँदै समायोजन प्रक्रियाप्रति सरकारको ध्यानार्कण गराउँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *