नायिका कंगनाले मिडियासँग कुनै पनि हालतमा माफी नमाग्ने

 

असार २५, भारत ।  बलिउडकी नायिका कंगना रनोटले केही दिनअघि आफ्नो नयाँ फिल्म ‘जजमेन्टल हे क्या’ को एउटा गीत सार्वजनिक गर्ने कार्यक्रममा एक पत्रकार झगडा गरेकी थिइन् । 

मिडियासँगको कुराकानीमा कंगनाले पत्रकारलाई तथानाम भनेकी छिन् । पत्रकार सम्मेलनमा जस्टिन राव नामका पत्रकारले आफ्नो नाम भन्नेबित्तिकै कंगनाको पारा चढेको थियो । 

null

उनी करिब साढे ६ मिनेटसम्म पत्रकारसँग झगडा गरिरहिन् । कंगनाको यस्तो व्यवहारको निकै आलोचना भइरहेको छ र मिडियाले उनीसँग माफीको माग गरिरहेका छन् तर कंगनाकी बहिनी रंगोली चन्देलले ट्वीटरमा मिडियाले उनीबारे भए नभएको कुरा लेखेको भन्दै कंगनाले कुनै पनि हालतमा माफी नमाग्ने स्पष्टिकरण दिएकी छिन् । 

 

रंगोलीको निशानामा मिडियाः 

रंगोलीले ट्वीटरमा लेखिन्, ‘एउटा कुराको वचन दिन्छु, कंगनाबाट माफी पाउने छैनौ । यी बिकाउ, नाङ्गा, देशका दलाल मिडियामा काम गर्नेहरुलाई, तर कंगनाले तिमीहरुलाई धोएरै सिधा बनाउनेछिन् । हेर्दै जाउ, तिमीहरुले गलत व्यक्तिसँग माफीको माग गरेका छौ ।’ 

पत्रकार सम्मेलनमा कंगनाले भनेकी थिइन्, ‘जस्टिन (पत्रकार) तिमी त मेरो दुश्मन नै बन्यौ यार । अति नै घटिया कुराहरु लेखिरका छौ । कस्ता फाहोरी कुरा लेखिरहेका छौ । यस्तो फोहोरी कुरा कसरी सोच्न सक्छौ ।’ 

जस्टिनले कंगना विरुद्ध गलत कुराहरु लेखिरहेको कंगनाको आरोप थियो । उनले मणिकर्णिकाको रिलिजको क्रममा पनि फिल्मबारे भए नभएका कुरा लेखेको भन्दै कंगनाले रिस फेरिन् । 

जब पत्रकारले आफूमाथि यस्तो प्रकारको आरोप लगाउनु के अनुचित छ भनेर प्रश्न सोधे तब कंगनाले थपिन्, ‘ तर तिम्रो लागि यस्तो गर्नु उचित छ ?’ कंगनाले थपिन्, ‘तिमीले भन्यौ कि म जिंगोस्टिक महिला हुँ जसले मणिकर्णिका बनाएको छु । के राष्ट्रवादमाथि फिल्म बनाएर मैले केही गल्ती गरेँ ?’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *