विराटनगरमा मंसिर १६ देखि कर्पोरेट फुटसल

मंसिर १४, विराटनगर । मंसिर १६ गतेदेखि विराटनगरमा कर्पोरेट फुटसल टुर्नामेन्ट हुने भएको छ । 

आयोजक द स्पोर्टस हबले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो विषयमा जानकारी गराएको हो । प्रतियोगिता मंसिर २२ गतेसम्म चल्ने जनाइएको छ । 

आयोजक समितिका अध्यक्ष प्रज्ञान खनालले लिग अनुसार खेलाईने टुर्नामेन्टमा विभिन्न ६ वटा कर्मशियल बैंकहरुको सहभागिता रहने बताए । 

null

प्रतियोगिताको ग्रुप ए मा नबिल बैंक, सानिमा बैंक र सिटिजन बैंक रहेका छन् । यस्तै ग्रूप बी मा मेगा, जनता र नेपाल बैंक लिमिटेड रहने छन् । विराटनगर–२ स्थित फुटसल मैदानमा खेलाईने खेलका विजेतालाई नगद ५० हजार र रनरअपलाई नगद ३० हजार पुरस्कार प्रदान गरिनेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *