खैरहनी नगरपालिकाले ल्यायो ८२ करोड बजेट
असार १०, चितवन । चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिव साँढे ८२ करोडको वजेट ल्याएको छ ।
नगरपालिकाको मंगलवार सम्पन्न पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि ८२ करोड ६० लाख ५२ हजार वरावरको वजेट सार्वजनिक गरेको हो । खैरहनी नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख सुनिता खरेल थपलियाले वजेट प्रस्तुत गरेकी थिईन् ।
null
प्रस्तुत वजेट अनुसार चालु खर्च तर्फ ४३ करोड ७४ लाख १२ हजार र पुँजीगत खर्च ३८ करोड ८६ लाख ४० हजार रहेको छ । चालु खर्चमा सामाजिक सुरक्षा कार्यक्रमको १० करोड समेत समावेश गरिएको नगर उपप्रमुख थपलियाले वताइन् । आगामी आर्थिक वर्षको वजेट आ.व २०७४/७५ भन्दा ३४ प्रतिशत तथा चालु आ.व को संसोधित अनुमान भन्दा १२.२५ प्रतिशतले वढी रहेको छ ।
कुल वजेट मध्ये आन्तरीक आम्दानी ९ करोड २५ लाख २५ हजार,वित्तिय समानिकरण सशर्त अनुदा २० करोड ९३ लाख ९२ हजार, वित्तिय समानिकरण निशर्त अनुदान १७ लाख ७० हजार १६ हजार, राजस्व वाँडफाँड १३ करोड ३२ लाख ७८ हजार,समपुरक कोष २ करोड,सामाजिक सुरक्षा कार्यक्रम १० करोड,सडक वोर्ड नेपालबाट ४० लाख, अन्य आम्दानी १ करोड, संरक्षित पुँजी २ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम १ करोड, तराई मधेश समृद्धी कार्यक्रम १ करोड ५० लाख, संरक्षित वन रोयल्टी ४८ लाख ४१ हजार, लागत सहभागीता ३ करोडगरि कुल ८२ करोड ६० लाख ५२ हजार रुपैया अनुमान गरिएको नगर उपप्रमुख थपलियाले वताईन् ।
क्षेत्रगत रुपमा शिक्षामा १९.३८ प्रतिशत, स्वास्थ्यमा ३.४१ प्रतिशत,सामाजिक सुरक्षा कार्यक्रममा १२.११ प्रतिशत, आर्थिक विकासमा ५.७२ प्रतिशत, सामाजिक विकासमा ४.६५ प्रतिशत, पूर्वाधारमा ४०.२७ प्रतिशत,वन वातावरण सरसफाई तथा विपद व्यवस्थापनमा १.८६ प्रतिशत, विभिन्न कोष तथा म्याचिङ फण्ड ४.६ प्रतिशत वजेट विनियोजन गरिएको छ ।