चौथो पानवारी भलिवल रनिङ कप २०७५ आयोजना हुने

 

माघ ४, धरान । धरान उपमहानगरपालिका वडा नं ६ पानवारीमा आउँदो माघ ७ गतेदेखि चौथो पानवारी भलिवल रनिङ कप २०७५ आयोजना हुने भएको छ । 

पानवारीको सिमल चौरी स्थित खेल मैदानमा माघ ७ गतेबाट सुरु भई माघ १२ गतेसम्म प्रतियोगिता चल्ने आयोजक सयपत्री बोइज युनियन क्लबका महासचिव केदार बस्नेतले शुक्रबार पत्रकार सम्मेलन मर्फत जानकारी दिए । 

null

प्रतियोगितामा १२ टिम सहभागी हुने पक्का भएको जानकारी आएको छ भने च्याम्पियनले नगद ७५ हजार सँगै रनिङ सिल्डको रुपमा ३० तोला बराबरको चाँदीको ट्रफी पनि पाउँनेछ । उपविजेताले ४१ हजार पाउनेछ । 

प्रतियोगितामा आयोजक सयपत्री बोईज युनियन क्लब सँगै १ नं प्रदेश प्रहरी बिराटनगर, नेपाल आर्मी इटहरी, झापा टाइगर, डुम्राहा क्लव रामधुनी, भोजपुर भलिवल क्लब, याङशिला युवा भलिवल टिम मोरङ, डाँडा बजार भलिवल क्लब धनकुटा सहभागी हुने क्लवले जनाएको छ । 

यस्तै, इलामको फुङनाम स्पोटिङ क्लब, चमैता गाउँपालिकाको टिम र सशस्त्रको एपि एफ पकलीको टिमले पनि सहभागिता जनाउने छन । उत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफटर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार पाउँनेछन् । साथै प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीले जनही नगद ५ हजार पुरस्कार पाउँनेछन् । 

प्रतियोगिताको पहिलो सँस्करण त्रिवेणी युवा क्लब मोरङ भएको थियो भने दोस्रो सँस्करणमा डुम्राहा भलिवल क्लब र तेस्रो सँस्करणको विजेता १ नं प्रदेश प्रहरी रानी विराटनगर भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *