हेटौंडा–भरतपुर प्रसारण लाइनः भारतीय कम्पनीसँग ठेक्का तोडियो, ३४ करोड जमानत जफत

 

जेठ १३, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौँडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । 

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि ०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । समयमै काम नसकेको भन्दै केही दिनअघि प्राधिकरणले भारतीय कम्पनी आईकन टेलसँगको ठेक्का तोडेको हो । 

null

कम्पनीले कार्य सम्पादन जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ भने काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस खण्डमा पर्ने २२६ टावरमध्ये १६८को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ । १२ किलोमिटर मात्रै तार तानिएको छ । 

प्राधिकरणले यस अघि पनि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँगको ठेक्का तोडेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *