अमेरिकी राष्ट्रपति ट्रम्पका प्रमुख सहयोगी परिवर्तन

काठमाडौं, साउन १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रमुख सहयोगी ‘चिफ अफ स्टाफ’ परिवर्तन गरेका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफ्ना प्रमुख सहयोगी राइन्स प्रिबसको ठाउँमा जेनेरल जोन केलीलाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशक एन्थोनी स्कारामुचीले सूचना चुहाएको अभियोग लगाएको भोलिपल्टै राष्ट्रपति ट्रम्पले प्रमुख सहयोगी प्रिबसको ठाउँमा केलीलाई नियुक्त गरेका हुन् ।

प्रिबस ६ महिनाअघि मात्रै सो पदमा नियुक्त भएका थिए । ट्वीटहरुमार्फत राष्ट्रपति ट्रम्पले उनको सेवा र मुलुकप्रतिको प्रतिबद्धताका लागि धन्यवाद दिएका छन् ।

प्रिबसको ठाउँमा नयाँ नियुक्त गरिएका केली अमेरिकी सेनाका अवकाश प्राप्त चार तारे जर्नेल हुन् । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *