दीपक मनाङे नेकपामा प्रवेश

कास्की, १९ असार । गण्डकी प्रदेशका सांसद दीपक मनाङे ‘राजीव गुरुङ’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मनाङबाट स्वतन्त्र निर्वाचन लडेर प्रदेश सभा सदस्यमा विजयी भएका उनी बिहीबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नेकपामा प्रवेश गरेका हुन् । 

 

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरे । फौजदारी अभियोगमा जेल सजाय भोगेका उनले जेलबाट रिहा भएपछि मात्रै गत माघ दोस्रो साता पद तथा गोपनियताको सपथ लिएका थिए । 

null

उनी मनाङ प्रदेशसभा क्षेत्र नम्बर ‘ख’ बाट विजयी भएका थिए । तत्कालीन नेकपा एमालेले चुनावमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार भएर चुनावमा होमिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *