कुकर बम राख्ने पक्राउ

 

जेठ २, विर्तामोड  जेठ २, विर्तामोड । प्रहरीले गत वैशाख २९ गते बिहान झापाको कनकाई पुलमा कुकर बम राखेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिएको ती व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । नियन्त्रणमा लिईएको पाँचैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएर अनुसन्धान गरिराखिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 

null

कनकाई पुलमा भेटिएको कुकर बम नजिक गोर्खा नेपाल जनुमक्ति मोर्चाको नामको बिभिन्न माग सहितको पर्चा भेटिएको थियो । उक्त बमलाई नेपाली सेनाले डिस्पोज गरेका हुन् । 

पक्राउ परेका पाँच मध्ये दुई जना लाई इटहरी चोक नजिकैबाट र तीनजनालाई झापाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *