बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री (Live)

 

जेठ २३, काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । 

बिहान ११ बजेदेखि सुरु भएको छलफलमा केही सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिनेछन् । अर्थमन्त्रीकाे जवाफपछि सैद्धान्तिक छलफल आज सकिने छ । 

null

जेठ १५ गते अर्थमन्त्री युवराव खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का संघीय संसदमा १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट प्रस्तुत गरेका थिए । सोही बजेटमाथि आइतबारदेखि छलफल सुरु भएको थियो । 

मंगलबारसम्म बजेटको सैद्धान्तिक पक्षमाथि एकसय भन्दा बढी सांसदहरुले आफ्ना धारणा राखिसकेका छन् । सत्तापक्षका सांसदहरुले बजेटको समर्थन गरेका छन् भने विपक्षीले बजेट चित्तबुझ्दो नआएको टिप्पणी गरेका छन् । 

बजेटमाथिको मन्त्रालयगत छलफल शुक्रबारदेखि गर्ने तयारी छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *