सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण : बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

फागुन १८, काठमाडौं । गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै आइतबार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रदर्शन गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड डिल गरेको भिडियो बाहिरिएपछि राजीनामा दिएका बाँस्कोटालाई कारबाहीको पनि माग गर्दै नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।   

प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।   

सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप थियो । स्वीस कम्पनीका एक जना प्रतिनिधि विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारका प्रवक्ताको जिम्मेवारीमासमेत सम्हालेका बाँस्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए । 

साथै नेविसंघले नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *