वीपी प्रतिष्ठानका इन्टर्न डाक्टरहरु आन्दोलित

जेठ ८, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टर आन्दोलित भएका छन् । इन्टर्नहरुको तलब, भत्ता वृद्धि गर्न माग गर्दै प्रतिष्ठानका इन्टर्न डाक्टरहरु चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । 

विगत लामो समयदेखि आन्दोलन गर्दै आफ्ना मागहरु पदाधिकारी समक्ष राख्दा पनि सुनुवाई नभएपछि आफुहरु चरणबद्ध आन्दोलनमा उत्रिएको इन्टर्न डाक्टरहरुले बताएका छन् ।  

 

null

उनीहरुले करिब ४ महिनाअघि डिन (परिक्षा) को संयोजकत्वमा एक समिति र उक्त समितिको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने सहमति उपकुलपति डा.राजकुमार रौनियारले गरेपनि कार्यान्वयन नभएको बताएका छन् । उक्त समितिको सिफारिस अनुसार इन्टर्न डाक्टरहरुको तलब भत्ता नेपाल सरकारको आठौं तहको मेडिकल अफिसरको तलबको ५० प्रतिशत बराबर कायम गर्न इन्टर्न डाक्टरहरुको माग गरेका छन् । 

प्रतिष्ठानले माग पुरा गर्ला भनेर लामो समयसम्म धैर्यता कायम गर्दापनि प्रशासनले वास्ता नगरेपछि बाध्य भएर आन्दोलन सुरु गर्नुपरेको संघर्ष समितिका संयोजक डा.सञ्जय बरालले बताए । इन्टर्न डाक्टरहरुले यहि जेठ १० गतेसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिएका छन् । उनीहरुले आज बुधबार शान्तिपुर्ण वृहत र्यालीको निकाले । भने, आउँदो जेठ १२ गतेपछि पुर्णरुपमा आन्दोलनमा होमिने तयारी गरेका छन् । 

‘यस अघि पटकपटक आन्दोलन गर्यौं, वार्तामा बसेर सहमति समेत गर्यौं तर, हाम्रा माग पुरा गर्न पदाधिकारी इच्छुक देखिएनन् । अब माग पुरा नहुञ्जेल आन्दोलन रोकिन्न ।’ संघर्ष समितिका संयोजक बरालले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *