ग्रामिण सडक सञ्जाल सुधारका लागि ९० करोड बजेट सुनिश्चित (कुनकुन सडक परे)

माघ २१, काठमाडौं । सरकारले ग्रामिण सडक सञ्जाल सुधार कार्यक्रम अन्तरगत विभिन्न क्षेत्रका सडक सुधारका लागि ९० करोड बजेट सुनिश्चितता गरेको छ ।   

सामान्य प्रशासन मन्त्रालय अन्तरगत ग्रामिण सडक सञ्जाल सुधार कार्यान्वयन इकाई झापा, ललितपुर तथा रोल्पाले कार्यान्वयन गर्नेगरी कार्यान्वयनमा रहेका विभिन्न एकीकृत योजनाहरुको खरिद गुरुयोजना स्विकृत भएको छ । जस अन्तरगत ती आयोजनाहरुलाई बहुबर्षिय आयोजना अन्तरगत ठेका सुनिश्चितताकालागि बजेट विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।   

माघ १७ गतेको मन्त्री स्तरीय निर्णय अनुसार ती आयोजनाहरु दुई वर्षभित्र सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नेगरी कूल ९० करोड बजेट सुनिश्चितता गरिएको हो ।   

अर्थ मन्त्रालयले मोरङको रानी–निमुवा–कोशी नहर सर्भिस रोड कालोपत्रे गर्न रु २० करोड विनियोजन गरेको छ । झापाको सगरमाथा–हल्दीबारी–गोलधाप–राजगढ सडक कालोपत्रे गर्न रु १० करोड बजेट सुनिश्चितता गरिएको छ । यसैगरी संखुवासभाको संखुवासभा–खाँदबारी नगरपालिका–माल्टा–भदौरे–चौतारा पुरानो गाविस भवन–दोभान मोटरबाटो कालोपत्रे गर्नको लागि रु १० करोड बजेट सुनिश्चितता गरिएको छ ।   

यसैगरी भोजपुर जिल्लाको बालकोट–गोदाबरी खोसा महेन्द्रशान्ती दधिकोट शिकारीटार–कृष्ण मन्दीर शिकारीटार–चारखाल–अनन्तलिंगेश्वर मन्दीर– खड्का गाउँ–कालीडाँडा–धोबीखोला–रानीकोट सडक कालोपत्रे गर्न पनि रु २५ करोड बजेट सुनिश्चित गरिएको अर्थ मन्त्रालयले जनाएको छ । यसैगरी गुल्मी जिल्लाको पुर्कोट–गौमुखे–नुआरा–सौतामारे–बाँसडाँडा–दिपक मावि सडक निर्माणका लागि पनि रु १० करोड बजेट सुनिश्चत गरेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *