नर्सलाई डेराबाट निकाल्ने घरधनी पक्राउ

चैत्र १८, दाङ । बिरामीको उपचारमा खटिएकी नर्सलाई डेराबाट निकाल्ने घरभेटी पक्राउ परेका छन् । नर्सलाई घरबाट निकालेको आरोपमा एक जना घरधनी पक्राउ परेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । 

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–२ का वडासचिव नारायण आचार्य रहेका छन् । कोरोना भाइरस सर्ने भन्दै उनले आफ्नो डेरामा बस्दै आएकी आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको प्रहरीको आरोप छ ।  

दाङका प्रहरी प्रवक्ता सुमित खड्काले आरोपबारे अनुसन्धान जारी रहेको बताए । प्रहरीका अनुसार वडा सचिव आचार्यले आरोप अस्वीकार गरेका छन् । 

बालिकालाई बन्धक बनाई बलात्कार गर्ने ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *