इपीएलः भैरहवालाई पराजित गर्दै काठमाडौँ किङ्स–११ प्लेअफमा

 

मंसिर २९, काठमाडौँ । काठमाडौँ किङ्स–११ तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । 

आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा भैरहवा ग्लाडियटर्सलाई सात विकेटले पराजित गर्दै काठमाडाँैले प्ले अफमा स्थान बनाएको हो । शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले दिएको १५० रनको लक्ष्य काठमाडौँले पाँच बल बाँकी छँदा तीन विकेट गुमाएर पूरा गर्यो । 

null

काठमाडौँको जितमा अमित श्रेष्ठले ५१ रन बनाए । त्यस्तै केभिन ओब्राएन रनमा ३३ अविजित रहे । यस्तै कप्तान रोहन मुस्तफाले ३६ र सागर पुनले १३ रन बनाए । भैरहवाका शरद भेषावकर र भुवन कार्कीले एक/एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले पुरै २० ओभर खेल्दै चार विकेटको क्षतिमा १४९ रन बनाएको थियो । भैरहवाका लागि भारतीय ब्याट्सम्यान रबी इन्दर सिंहले ८६ रनको योगदान गरे । कप्तान भेषावकरले ३९ रन, रायन टेन डोसकाटेले १२ रन जोडे । 

काठमाडौँका जितेन्द्र सिंह मुखियाले दुई, प्रदीप साहु र केभिन ओ ब्रायनले एक एक विकेट लिएका थिए । जितसँगै काठमाडौँ एक खेल बाँकी छँदै छ अङ्क जोडेर प्ले अफमा पुगेको छ । पराजित भैरहवा यसअघि नै तीन खेल जित्दै प्ले अफमा पुगिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *