डा केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि वार्ता हुने

काठमाडौं, साउन १४ । चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुनुपर्ने माग गर्दै अनसनरत डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज पनि फेरी वार्ता हुने भएको छ ।

हिजो अबेर सम्म चलेको दुई पक्षबिचको छलफलमा कुरा नमिलेपछि आज फेरी वार्ता गर्ने सहमति भएको हो । आज वार्ता गर्ने गरि हिजोको वार्ता सकिएको भएपनि आजको वार्ताको समय भने एकिन भैसकेको छैन ।

डा केसीले अनसन थालेपछि सरकारले शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित वार्ता टोली बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *