कार्य सम्पादनमा रत्ननगर उद्योग वाणिज्य संघ उत्कृष्ट

 

चैत २८, चितवन । चितवनको रत्ननगर उद्योग बाणिज्य संघ उत्कृष्ट उद्योग बाणिज्य संघका रुपमा सम्मानित भएको छ । 

काठमाडौमा भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं बार्षिक साधारण सभामा देश भरका उद्योग बाणिज्य संघ मध्य कार्यसम्पादका हिसावले दोश्रो स्थानमा रहेको रत्ननगर उद्योग बाणिज्य संघलाई महासंघले सम्मान गरेको हो । 

null

कार्य दक्षता,आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय कार्य गरेको ठहर गर्दै महासंघले रत्ननगरलाई सम्मान गरेको संघका महासचिव निराजन खनालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपि शर्मा ओली र महासंघका अध्यक्ष भवानी राणाले संघका अध्यक्ष राजाराम रेग्मीलाई सम्मानपत्र प्रदान गरेका थिए । 

रत्ननगर उद्योग बाणिज्य संघले व्यवसायिक हित, संरक्षण सँगै श्रमिक वालवालिकालाई श्रमबाट उक्त गरी शिक्षा र परिवारमा पुर्नमिलन गराउदै आएको छ । महिलाहरुलाई उद्यमी बनाउन तालिम, सीप विकास र विपन्न समुदायको आयआर्जनको लागि विभिन्न कार्यक्रम गर्दै आएको रत्ननगर उद्योग बाणिज्य संघ देशभरका उवासंघ मध्ये दोश्रो स्थानमा पर्न सफल भएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *