पहिरोका कारण फेरी कर्णाली राजमार्ग अवरोध, यात्रुहरु अलपत्र

कालीकोट, साउन १४ । अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालीकोटको र दैलेखको सिमा क्षेत्रमा पहिरो जाँदा फेरी कर्णाली राजमार्ग अवरोध भएको छ । केही दिन अघि मात्रै कर्णाली राजमार्गको कालीकोट दैलेखको सोही ठाँउमा करिब एकसय २० जति सडक खण्डमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरोध भएको थियो ।

पहिरो स्काईभेटर र स्थानिय वासिको सहयोगमा करिव ४ दिनपछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको २ दिन नहुँदै फेरी पनि पहिलेकै ठाँउमा पहिरो जाँदा कणलीराजमार्ग अवरोध भएको छ । कर्णाली राजमार्ग वेला वेला अवरोध हुँदा आप्mनो गन्तव्य तिर गईरहेका यात्रुहरु बीच बटोमा नै अलपत्र पर्ने गरेका छन् । पहिलेकै स्थानमा हिजो रातिको अविरल वर्षाले करिब १० मिटर जति पहिरो जादाँ सवारी साधनको आवागमन ठप्प भएको छ । स्काभेटरले काम गरेमा आज दिउँसोसम्म बाटो सञ्चालनमा आउने हुल्म प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कर्मवीर चौधरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *