ताप्लेजुङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

ताप्लेजुङ, साउन १४ । ताप्लेजुङमा दुई नाल भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजङघा गाउँपालिका ५ बस्ने वर्ष २८ वर्षका सनकुमार मावो र सोही गाउँपालिका ८ घर भई वडा नम्बर ५ मा डेरा गरी बस्ने वर्ष २२ का छिरिङ शेर्पा रहेका प्रहरीले जनाएको छ ।

दुबैजना लाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले भरुवा बन्दुक बोकेर हिडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेका दुबैलाई बरामद हतियार सहित अनुसन्धानका लागी प्रहरी कार्यालयमा राखीएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *