मतगणनाकै दिन भाजपाले पार्टी मुख्यालयमा किन बोलायो २ लाख कार्यकर्ता ?

 

जेठ ९, काठमाडौं । भारतीय सत्तारुढ दल भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीको भव्य स्वागत गर्ने भएको छ । 

लोकसभा निर्वाचनको मतगणनामा अधिकांश स्थानमा अग्रता लिँदै आएको भाजपाले मोदीलाई भव्य स्वागत गर्न आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा २ लाख कार्यकर्तालाई निमन्त्रणा गरेको छ । 

null

भाजपाले उसका सम्पूर्ण विजयी सांसदलाई मे २५ भित्र दिल्ली आउन पनि आह्वान गरिसकेको छ । 

मत सर्वेक्षणले विपक्षी कंग्रेस र उसको गठबन्धन (युपिए) ले १२२ सिट जित्ने देखाएको छ भने मोदी नेतृत्वको एनडीए गठबन्धनले ३०० बढी मत पाउने देखाएको छ । 

भाजपा नेतृत्वको एनडीएले मंगलबार आगामी कदमबारे छलफल गर्न वैठक आयोजना गरेको थियो । बैठकमा गठबन्धन सदस्यले मोदीलाई फुलको माला लगाइदिएर भावि विजयको लागि पहिले बधाई दिएका थिए । 

भारतमा अप्रिल ११ देखि विभिन्न सात चरणमा ५४२ सिटका लागि सम्पन्न भएको निर्वाचनको मतगणना आजबाट सुरु भएको हो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *