नारी अब भन्न सक्छे !

” 

महिला हिंसाको अन्त्य गर्न अगाडि जो आउँछन् ।
मानवता र सुशासनका हकदार कहलाउँछन् ।
हिंसाले महिला–पुरुष भनेर त भन्दैन ।
तर महिला अधिकांस पीडा आफ्नो लुकाउँछन् ।

आधा आकाश ढाक्ने हे शक्तिका परिचायक,
तिमीलाई समाजले कहिले सम्म कजाउँछ ।
सृष्टिकर्ता सृजनाकी संवाहक तिमीलाई,
स्वार्थ पूरा गर्ने आफ्नो भाँडो कति बनाउँ छ ।

पानी झैं तरल नारी, वरफ बनी जम्न सक्छे ।
आपविति चुक्ता गर्न, मूल्य त्यसको गम्न सक्छे ।
कुरीति र कुप्रथाको खोइरो पनि खन्न सक्छे ।
सँधै नरम बोल्ने अब गर्जिएर भन्न सक्छे ।

                                          कुन्दन काफ्ले, साहित्य संग्राहलयबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *